बेलायतमा काेराेनाका कारण थप एक नेपालीको मृत्युभएसंगै मृतक नेपाली १९ पुगे

everest kitchen


लण्डन । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बेलायतमा फेरि अर्का एकजना नेपालीको मृत्यु भएको छ  ।

कास्की, यान्जाकोट स्थित घरभै बेलायतस्थित बेलायतको रेडिङमा बस्दै आएका ४९ वर्षीय विजयगुरुङको स्थानीय ‘रोयलबर्कशायर अस्पताल’माउपचारकै क्रममा गत आइतबार साँझ मृत्यु भएको हो ।  उच्च ज्वराे, खाेकि लागेपछि उनलाई अप्रिल १३ मा अस्पतालमा भर्ना गरिएकाे पारिवारिक स्रोतले जानकारी दियो । परिवारका अनुसार उनकाे केहि समयअघि काठमाडौंकाे ग्राण्डि अस्पतालमा ढाडकाे शल्यक्रिया गरिएकाे थियाे ।

बेलायतमा भुपु गाेर्खा सैनिक सहित हालसम्म १९ जना नेपालीले काेराेनाका कारण ज्यान गुमाएका छन । एनआरएन काेराेना विशेष समितिका अनुसार यस अघिनै विश्व भर २९ नेपालीले ज्यान गुमाएका छन, भने करि २ हजार नेपाली संक्रमित रहेका छन ।