तुल्सिपुर उपमहानगरले श्रम बैंक स्थापना गर्दै मजदुरलाई आवश्यक खाध्यान्न उपलब्ध गराउने

everest kitchen


विपेन उलङगे
काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिकाले श्रम बैंक स्थापना गर्ने भएकाे छ । उपमहानगरकाे नगर कार्यपालिकाको ८४ औं बैठकले यस्तो निर्णय गरेको हो ।

उपमहानगरले वडा स्तरबाटै वडाध्यक्षकाे संयाेजकत्वमा प्रत्येक वडामा श्रम समिति निर्माण गर्ने र उक्त समितिले मजदुरलाई राेजगार उपलब्ध गराउने मेयर घनश्याम पाण्डेले जानकारी दिए । मेयर पाण्डेका अनुसार दैनिक मजदुरि गरेर जीवनयापन गरिरहेका स्थानीय नागरिकलाई याे लकडाउनकाे अवधिमा आवश्यक खाध्यान्न उपलब्ध गराईने र पछि वडाले सिर्जना गरेकाे श्रम बैंकमा त्यस वापतकाे काम गर्नुपर्नेछ । यसकाे लागि नगरले श्रम र खाध्यान्नकाे मुल्यांकन गरेर मजदुरलाई थप ज्याल उपलब्ध गराउनेछ । यधपी नगरले यसअघि विपन्नलाई बांडेकाे राहतकाे लागि भने श्रम गर्नु नपर्ने उनले बताए ।

विश्वभरि फैलिएकाे काेराेनाभाईरस महामारीकाे कारण काेहिकतै भाेकै बस्न नपराेस भनेर यस्ताे याेजना अगाडि ल्याईएकाे बताएको छ । याे याेजना अनुरुप विपन्न मजदुरलाई अहिले चाहिएकाे रासन,पानि नगरपालिकाले उपलब्ध गराउनेछ । पछि उनीहरुलाई राेजगारि सिर्जना गरेर श्रमकाे मुल्यांकन अनुसार व्यवस्थापन गरिने भएकाे छ । असक्त, ज्येष्ठ नागरिक लगायतकाले भने श्रम वैंकमा काम गर्नुपर्ने छैन’ ।

दैनिक ज्यालादारी गरेर घर चलाईएका मजदुरलाई मात्रै याे सुबिधा रहेकाे उपमहानगरले बताएको छ । त्यस्ता मजदुरलाई विकास निर्माणका काम देखि वडाले सिर्जना गरेका राेजगारमा लगाईनेछ । श्रम बैंककाे काम तुरुन्तै अघि बढाउने तयारी रहेकाे नगर प्रमुख पाण्डेले जानकारी दिए ।

यसअघि उपमहानगरले राहत काेष निर्माण गरि विपन्नलाई राहत उपलब्ध गराईसकेकाे छ । उक्त राहतको लागि भने श्रम बैंकमा काम गर्नुपर्ने छैन ।