मुख्यमन्त्रीलाई प्रश्न : किन अहिले सम्म पिसि आर मशिन संचालनमा आएन ?

everest kitchen


बिरगंज । विश्वब्यापी रुपले महामारीको फैलिरहेको (कोभेड-१९ )नोबोल कोराना भाईरसको चेक जाँचको लागि प्रदेश २ सरकारले पिसिअार मेसिन नारायणी अस्पतालमा राखेपनि अहिले सम्म सेवा सुचारु हुन सकेको छैन ।


अखिल ने्पाल पिछडा बर्ग (OBC)पर्साका अध्यक्ष युवा नेता अकलेस साहले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नारायणी अस्पतालमा पिसिअार मेसिन चैत ३० गते अाईतबार देखि चेकजाच हुन्छ भने पनि अाज सम्म संचालनमा किन अाउनसकेन भन्ने प्रश्न गरेका छन् ।
अखिल नेपाल पिछडा बर्ग ( OBC) पर्साका अध्यक्ष अकलेश साहले पिसि अार मेसिन सुचारु नभएको कारणले प्रदेश २ मा रहेका जनताहरु कोरोना परिक्षण हुन नसेको कुरा एकदम निन्दनीय रहेको बताउनु भयो ।
साहले अती विपिन्न परिवार र दैनिक ज्यालादारी मजदुरी गरि खाने परिवारको लागि खाना र अौषधी उपलब्ध गराउनको लागि प्रदेश सराकार र स्थानिय सरकार समन्वय गरि राहत बितरण गर्न अाग्रह समेत गर्नु भएको छ।