काेराेना प्रकाेप: विश्वभरि २५ लाखबढि संक्रमित , एक लाख ७७ हजार बढीको मृत्यु

everest kitchen
तस्बिर : राेर्यटस

ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या एक लाख ७७ हजार ७८९ पुगेकाे छ । विश्वभर संक्रमित मध्यबाट ५७ हजार बढि गम्भीर बिरामी रहेका छन ।

अहिलेसम्म २५ लाख ६५ हजार बढीमा देखिएकाे संक्रमणमध्य ६ लाख ९६ हजार ८४६ जनाले स्वास्थ्य लाभ गरेकाे विश्व स्वास्थ्य संगठनले जनाएको छ । काेराेनाकै कारण सबैभन्दा बढि मृत्यु अमेरिकामा भएकाे छ । अमेरिकामा हालसम्म ४५ हजार ३४३ जनाकाे मृत्यु भईसकेकाे छ । अमेरिकामा हालसम्म ८ लाख १९ हजार १७५ जनामा संक्रमण देखिएकाेमा ६ लाख ९० हजार ८५९ जनामा सक्रिय संक्रमण रहेकाे छ ।

यसअघि सम्म सबैभन्दा धेरै मृत्यु दर रहेकाे ईटली अमेरिका भन्दा पछाडि रहेकाे छ । ईटलीमा हालसम्म २४ हजार ६४८ जनाले ज्यान गुमाएका छन । ईटलीमा १ लाख ८३ हजार बढिमा देखिएकाे संक्रमणमध्य अझै १ लाख ७ हजार बढिमा संक्रमण सक्रिय देखिएकाे छ ।

विश्वकै दाेस्राे संक्रमित रहेकाे सपेनमा २ लाख ४ हजार १७८ मा काेराेना संक्रमित हुदा २१ हजार २८२ जनाले ज्यान गुमाएका छन । संक्रमणकाे सुरुवाती चपेटा झेलेकाे चीनमा हालसम्म ८२ हजार ७८८ मा संक्रमण हुदा १ हजार ५ जनामा मात्रै संक्रमण सक्रिय रहेकाे छ । चीनमा हालसम्म मर्नेको सङ्ख्या ४ हजार ६ सय ३२ रहेको छ ।

फ्रान्समा २० हजार ७९६ र युकेमा १७ हजार ३३७ जनाले काेराेनाका कारण ज्यान गुमाएका छन ।

विश्वभरि फैलिएको काेराेना नेपालमा हालसम्म ४२ जनामा संक्रमण पुष्टि भएकाे छ । ५ जनाले स्वास्थ्य लाभ गरिसकेका छन ।