मलेसियामा काेराेनाकाे कारण मृत्यु हुनेकाे सङ्ख्या ९३ पुग्यो

everest kitchen


क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या ९३ पुगेकाे छ । आज बुधबार थप १ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या ९२ पुगेकाे हाे । गएकाे साेमबार एक जनाकाे पनि मृत्यु भएकाे थिएन ।

हालसम्म मलेसियामा ५ हजार ५३२ जनामा संक्रमण देखिएकाेमा ३ हजार ४५२ जनाले स्वास्थ्य लाभ गरेका छन । ४३ जना गम्भीर बिरामी रहेका छन भने मङगलबार थप ५० जना संक्रमित थपिएकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो समयमा मलेसियामा केहि स्थिर सुधार रहेकाे तथ्यांकले जनाउछ ।

याे समाचार तयार पार्दासम्म विश्व महामारीको रुप लिएकाे काेराेनाकाे कारण विश्वभरि मर्नेकाे सङख्या १ लाख ७८ हजार २८३ रहेकाे छ भने संक्रमितको सङ्ख्या २५ लाख ७१ हजार ६७० जनामा संक्रमण रहेकाे छ । ७ लाख १ हजार ७८ जनाले स्वास्थ्य लाभ गरेका छन ।

नेपालमा अहिलेसम्म ४२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ भने ५ जना संक्रमितले स्वास्थ्य लाभ गरेका छन ।