क्वालालुम्पुरमा विदेशीहरुकाे सामुहिक काेराेना जाँच

everest kitchen
Photo: tek tamata

क्वालालम्पुर । मलेसियन सरकारले अघि सारेकाे सामुहिक काेराेना परिक्षण नीतिअनुरुप नेपालीहरुको प्रमुख बजार काेतारायमा पनि काेराेना परिक्षणकाे लागि नमुना सङकलन गरिएकाे छ ।

बुधबार दिउसाे गरिएकाे उक्त सामुहिक नमुना सङकलनमा नेपाली , बङगाली, ईन्डाेनेसिया, स्थानीय लगायत करिब ७ सय जनाकाे परिक्षण गरेकाे गैरआवासीय नेपाली संघका आईसीसी सदस्य टेक टमाटाले जानकारी दिए । टमाटाका अनुसार पासपोर्टकाे आधारमा फारम भरेर सजिलै काेराेना परिक्षणकाे नमुना सङकलन गरेकाे र उक्त परिक्षणकाे रिपोर्ट आगामी अप्रिल २७ तारिखमा आउने उनले बताए ।

मलेसियाले काेराेनाकाे संक्रमण आप्रवासीहरुमा हुन सक्ने भन्दै आप्रवासीहरुलाई लक्षित गरि सामुहिक काेराेना परिक्षण सुरु गरेकाे छ ।

काेराेनाकाे कारण मलेसियामा हालसम्म ९३ जनाले ज्यान गुमाएका छन भने ५ हजार ५३२ जनामा संक्रमण पुष्टि भएकाे छ । जस अन्तर्गत ३ जना नेपालीमा संक्रमण पुष्टि भएकाे छ ।