काेराेना त्रासमा उदयपुरका विभिन्न दलहरुले उदयपुर बचाउन सरकारकाे ध्यानाकर्षण

everest kitchen
google map Udayapur

काठमाडौं । कोरोनाको संक्रामण बढे पछि उदयपुरमा भयवह अवस्था सृजना भएको छ । कोरोनाको नियन्त्रण र सम्भावित क्षेतिबाट उदयपुरलाई बचाउन प्रदेश सरकारलाई ध्यानाकर्षण उदयपुरका विभिन्न पार्टीहरुले संयुक्त बिज्ञप्ति जारी गरेकाछन ।

बिज्ञप्तिमा कोरोनाको नियन्त्रण र सम्भावित क्षेतिबाट उदयपुरलाई जोगाउन जनस्वास्थ्य कार्यलय उदयपुरमा कोरोना भाईरस परिक्षणको लागि आवश्यक उपकरणहरू उपलब्ध गराउन प्रदेश सरकारको ध्यानकर्षण गराएको छ । उक्त बिज्ञप्तिमा नेपाली कांग्रेसका जिल्ला सभापति बिदुर बस्नेत, नेकपाका अध्याक्ष बिनोद कटुवाल, राष्ट्रिय जनता पार्टीका केन्द्रीय सचिव खेम नारायण यादब, नेकपाका जिल्ला सचिव ईश्वरमणी राउत र समाजबादी पार्टीका जिल्ला अध्यक्ष केसबव मगर लगायतले हस्ताक्षर गरेकाछन । साथै उदयपुर बासि जनसमुदायलाई घर बहिर ननिस्कन अनुरोध पनि गरेको छ ।

उदयपुरको भुल्के मस्जिदमा एकै दिन १२ जना कोरोना संक्रमित पुष्टि भए पश्चात् उदयपुरमा भयवह अवस्था सृजना भएको हो । हाल उदयपुरका ३० जना संक्रमित पुष्टि भएको छ र नेपाल अधिराज्य भरि जम्मा ४५ जना संक्रामित पुष्टि भइ सकेको छ ।