राजपा र समाजवादी पार्टी विच एकता

everest kitchen


काठमाडौंमा । मधेश केन्द्रित दल राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी नेपालबीच एकीकरण भएको छ। सरकारकाे अध्यादेश आएसंगै फुट्ने त्रासका बीच बुधबार मध्यरातमा दुई दलले एकीकरणमा हस्ताक्षर गरेका हुन्।

पार्टी एकिकरणपछि एकीकृत दलको नाम जनता समाजवादी पार्टी, नेपाल रहने भएको छ। नेतृत्व लगायतका अन्य विषय समानताका आधारमा टुंगो लगाउने सहमतिमा उल्लेख गरिएकाे छ।

केही सांसदहरुले दल विभाजनको तयारी थालेकाे हाल्ला संगै  दुवै दलले मध्यरातसम्म बसेर एकीकरणको निर्णय लिएका हुन्।सहमति अनुसार पार्टीको झण्डा हाल समाजवादीले प्रयोग गर्दै आएको आयातकार आकारमा रातो र हरियो रंगको बीचमा तारा हुनेछ। यस्तै चुनाव चिह्न छाता हुनेछ। छाता राजपाको चुनाव चिह्न हो।