मलेसियामा काेराेनाकाे कारण बिहीबार दुईजनाकाे मृत्यु

everest kitchen


क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या ९५ पुगेकाे छ । आज बिहिवार थप २ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या ९५ पुगेकाे हाे ।

हालसम्म मलेसियामा ५ हजार ६०१ जनामा संक्रमण देखिएकाेमा ३ हजार ५४२ जनाले स्वास्थ्य लाभ गरेका छन । ४२ जना गम्भीर बिरामी रहेका छन भने बिहिवार  थप ७१ जना संक्रमित थपिएकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो समयमा मलेसियामा केहि स्थिर सुधार रहेकाे तथ्यांकले जनाउछ ।

याे समाचार तयार पार्दासम्म विश्व महामारीको रुप लिएकाे काेराेनाकाे कारण विश्वभरि मर्नेकाे सङख्या १ लाख ८५ हजार ५८ रहेकाे छ भने संक्रमितको सङ्ख्या २६लाख ५३ हजार ११६जनामा संक्रमण रहेकाे छ । ७ लाख २७ हजार ७१७जनाले स्वास्थ्य लाभ गरेका छन ।

नेपालमा अहिलेसम्म ४५ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ भने ७जना संक्रमितले स्वास्थ्य लाभ गरेका छन ।