आजपनि दुईजना संक्रमित थपिए दुईजनाले स्वास्थ्य लाभ गरेर घर फर्के

everest kitchen
फाेटाे:थाहा

काठमाडौ । राजधानीको पेप्सिकोला टाउनप्लानिङस्थित सनसिटी अपार्टमेन्टमा बस्दै दुईजना कोरोना संक्रमित निको भएका छन्।

पाटन अस्पतालमा उपचाररत परीक्षणमा कोरोना नेगेटिभ देखिएपछि उनीहरुलाई डिस्चार्ज गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गत बैशाख २मा काेराेना पुष्टि भएपछि सनसिटि अपार्टमेन्टमा बस्दै आएका अामा छाेरामा काेराेना पाेजेटिभ देखिएकाे थियाे ।

त्यस्तै आज विपि काेईराला प्रतिष्ठान धरानमा आज गरिएकाे परिक्षणमा थप दुईनामा संक्रमण पुष्टि भएपछि संक्रमितकाे सङ्ख्या ४७ पुगेकाे छ भने हालसम्म ९ जनाले स्वास्थ्य लाभ गरेका छन ।