मलेसियामा आवागमन बन्द अझै दुई हप्ता थपियाे

everest kitchen


क्वालालम्पुर । मलेसिया सरकारले बाहिरी आवागमन नियन्त्रण आदेश – मुभमेन्ट कन्ट्राेल अडर (एमसिओ) अझै दुई हप्ता थप्ने भएकाे छ ।

मलेसियन सरकारले अागमन नियन्त्रण आदेश अझै दुई हप्ता थप्ने मलेसियाका प्रधानमन्त्री तान श्री मुह्यिद्दिन यासिनले घाेषणा गरेका छन । अझै स्थिति सामान्य नभएकाेले सरकारले अझै थप दुई हप्ता एमसिओ बढाउन लागेकाे उनले बताए ।

यसअघि मलेसियाले मार्च १८ मा पहिलोपटक एमसिओ लागु गरेकाे थियाे ।

मलेसियामा काेराेनाकाे कारण हालसम्म ९५ जनाले ज्यान गुमाएका छन । हालसम्म मलेसियामा ५ हजार ६०१ जनामा संक्रमण देखिएकाेमा ३ हजार ५४२ जनाले स्वास्थ्य लाभ गरेका छन