मृगौला पिडित हिमला पुनलाई विष्णुकुमार ईङ्नामकाे सहयोग

everest kitchen


काठमाडौं । दुवै मृगौला फेल भएर डायलासिस गरिरहेकी रोल्पाकी हिमला पुन मगरले उपचार नपाइरहेको समाचार प्रकाशित भएपछि हङकङमा रहेका सर्जक विष्णुकुमार इङ्नामले सहयोग पठाएका छन् ।

इङ्नामले १० हजार सहयोग पठाएका हुन् । नेपालमा समस्या परेको बखत कुनै न कुनै सहयोग गरिरहने इङ्नामले यसअघि नै निकै विरामी तथा घाइतेलाई सहयोग गरिरहेका छन् । उनी गीतकार तथा मोडल हुन् ।

रोल्पा जिल्लाको दुईखोली गाउँपालिका घर भएकी हिमला पुन मगर उपचारको लागि काठमाडौंको गोलढुंगामा बस्दै आएकी छिन् । उनका श्रीमान मलेसियामा कार्यरत थिए । तर श्रीमतीको विरामीका कारण उनी करार अवधि पूरा नगरी फर्केर श्रीमतीको उपचार र ७ वर्षे छोरीको शिक्षामा जुटिरहेका छन् ।

श्रीमान काठमाडौमै काम गर्दै उपचारमा संलग्न थिए तर लकडाउनले गर्दा कम्पनी केही समयको लागि बन्द भएको छ । कम्पनी बन्द भएपछि उनीहरुलाई समस्या पर्दै आएको कुरा गोलढुंगामै बस्दै आएका देवचन्द्र तुम्खेवाले देखेपछि नयाँअनलाइनलाई जानकारी दिएपछि नयाँ अनलाइन समाचार सम्प्रेषण गरेकाे थियाे ।