नवगठित दल “जनता समाजवादी” लाई देउवा द्धारा खुशी व्यक्त

everest kitchen
photo fille

काठमाडौं । काङ्ग्रेस सभापति शेर बहादुर देउवाले भर्खरै एकिकृत पार्टी “जनता समाजवादी पार्टी-नेपाल ” लाई बधाई तथा शुभकामना दिएका छन । सरकारले दलबिभाजन सम्बन्धि अध्यादेश जारि गरेसंगै रातारात समाजवादी पार्टी’ र ‘राष्ट्रिय जनता पार्टी’ले गय राति पार्टी एकता गरेका थिए ।

देउवालृ एक विज्ञप्ति जारि गर्दै संघीय संसदमा प्रतिनिधित्व गरेका दुई राजनीतिक दलहरु— ‘समाजवादी पार्टी’ र ‘राष्ट्रिय जनता पार्टी’ बीच एकता भएर जनता समाजवादी पार्टी बनेकोमा म खुशी व्यक्त गरेका छन । दुई पार्टीको एकीकरणले बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणालीलार्ई मजवुत बनाउन मद्दत पुग्ने मैले विश्वास लिएको उनलेे उल्लेख पनि गरेका छन ।

त्यस्तै देउवाले नवगठित ‘जनता समाजवादी पार्टी’ का नेतृत्व तथा सो पार्टीसँग आवद्ध सबैमा नेपाली कांग्रेस र मेरो व्यक्तिगत तर्फबाट हार्दिक बधाई एवं शुभकामना भन्दै विज्ञप्ति मार्फत शुभकामना दिएका हुन ।