कतारमा जेल भुक्तान गरिरहेका १७ नेपालीले आममाफी पाउने

everest kitchen


दाेहा। कतार स्थित बिभन्न कसुरमा सजाय भुक्तान गरिरहेका १७ जना नेपालीलाई आम माफी हुने भएकाे ।

कतारका अमिर मौसूफ शेख तमिम बिन हमाद अल थानीले हालको बिश्व महामारी (Covid-19) को अवस्थालाई मध्यनजर गर्दै तथा कैदीहरुको स्वास्थ्य र मानवीय अवस्थालाई समेत ध्यानमा राखी केही कैदीहरुलाई आममाफी दिने भएको भएको घोषणा सार्वजनिक भएको नेपाली दुतावास कतारले जानकारी दिएकाे छ । दुतावासका अनुसार आम माफी अन्तर्गत कतारको बन्दी गृहमा रहेका भएका १७ जना नेपाली नागरिकहरु पनि रिहाई हुने जनाएको छ ।

रिहाई हुनेमा १३ जना लागू औषध कारोवारजन्य, २ जना चोरी, १ जना मादक पदार्थ कारोबार र अर्का १ जना ठगीको कसुरमा सजाय भुक्तान गरिरहेकाे दुतावासले बताएको ।