काेराेना: विश्वभरि १ लाख ९१हजारबढीको मृत्यु , अमेरिकामा मात्रै आधा लाख

everest kitchen
photo :file

ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या एक लाख ९१हजार ७५ पुगेकाे छ । विश्वभर संक्रमित मध्यबाट ५८ हजार बढि गम्भीर बिरामी रहेका छन ।

अहिलेसम्म विश्वभर २७ लाख २६ हजार बढीमा देखिएकाे संक्रमणमध्य ७ लाख ४९हजार ७५१जनाले स्वास्थ्य लाभ गरेकाे विश्व स्वास्थ्य संगठनले जनाएको छ । काेराेनाकै कारण सबैभन्दा बढि मृत्यु अमेरिकामा भएकाे छ । अमेरिकामा हालसम्म ५० हजार २४३जनाकाे मृत्यु भईसकेकाे छ । अमेरिकामा हालसम्म ८ लाख ८६हजार ७०९ जनामा संक्रमण देखिएकाेमा ७ लाख ५० हजार ५४४ जनामा सक्रिय संक्रमण रहेकाे छ ।

यसअघि सम्म सबैभन्दा धेरै मृत्यु दर रहेकाे ईटली अमेरिका भन्दा पछाडि रहेकाे छ । ईटलीमा हालसम्म २५ हजार ५४९जनाले ज्यान गुमाएका छन । ईटलीमा १ लाख ८९ हजार बढिमा देखिएकाे संक्रमणमध्य अझै १ लाख ६ हजार बढिमा संक्रमण सक्रिय देखिएकाे छ ।

विश्वकै दाेस्राे संक्रमित रहेकाे सपेनमा २ लाख १३हजार २४ मा काेराेना संक्रमित हुदा २२ हजार १५१ जनाले ज्यान गुमाएका छन । संक्रमणकाे सुरुवाती चपेटा झेलेकाे चीनमा हालसम्म ८२ हजार ८०४ मा संक्रमण हुदा ९१५ जनामा मात्रै संक्रमण सक्रिय रहेकाे छ । चीनमा हालसम्म मर्नेको सङ्ख्या ४ हजार ६ सय ३२ रहेको छ ।

फ्रान्समा २१ हजार ८५६ र युकेमा १८ हजार ७३८जनाले काेराेनाका कारण ज्यान गुमाएका छन ।

विश्वभरि फैलिएको काेराेनाकाे नेपालमा हालसम्म ४८ जनामा संक्रमण पुष्टि भएकाे छ । ती मध्ये १० जनाले स्वास्थ्य लाभ गरिसकेका छन ।