अन्ततः पछि हटे प्रधानमन्त्री ओली

everest kitchen
Photo:file

काठमाडौं । सरकारले जारी गरेको दल विभाजन र संवधानिक परिषद्सम्बन्धी दुई अध्यादेशको चर्को आलोचनाका साथै त्यसलाई खारेज गर्नुपर्ने दबाब बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बाेलाएकाे मन्त्रिपरिषद् बैठकले दुबै अध्यादेश फिर्ता लिने निर्णय गरेकाे हाे ।

सरकारको सिफारिसमा राष्ट्रपतिले अध्यादेश खारेज गर्ने व्यवस्था रहेकाे छ ।

सरकारले ल्याएकाे उक्त दुई अध्यादेशको चौतर्फी आलोचना भएपछि प्रधानमन्त्री केपी ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता माधवकुमार नेपालसंगकाे छलफलमा अध्यादेश खारेज गर्ने आश्वासन दिएका थिए ।

भैँसेपाटी स्थित नेकपाका शीर्ष नेताहरुको बैठकले तत्कालै अध्यादेश फिर्ता हुनुपर्ने निष्कर्ष निकालेको थियो ।

प्रधानमन्त्री ओलीनै समाजवादी पार्टी फुटाउन सांसदलाई नै अपहरण गरेको समाचार आएपछि यतिबेला सरकार थप आलोचित बन्न पुगेको छ ।