अध्यादेश फिर्ता हुंदैमा सांसद अपहरण शैलीलाई कानुनी उन्मुक्ति हुन्न :काङ्ग्रेस

everest kitchen

काठमाडौं । नेपाली काङ्ग्रेसले अध्यादेश फिर्ता हुंदैमा यसले प्रेरित गरेको अपराधलाई कानुनी उन्मुक्ति हुनु भन्दै कानुनी कारबाहीको लागि अपिल गरेकाे छ । समाजवादी पार्टीका एक सांसदलाई अपहरण शैलीमा काठमाडौं ल्याईएकाे भन्दै अनुसन्धान गर्न माग गरेकाे छ ।

काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा द्धारा जारी विज्ञप्तिमा भनिएकाे छ :”चौतर्फी विरोधपछि दुबै अध्यादेश फिर्ता लिन सरकार बाध्य भयो । नेपाली कांग्रेस विविध ढंगले स्वदेश र विदेशमा विरोध प्रकट गर्ने युवा विद्यार्थी, पार्टीका साथीहरू, अन्य दल तथा संचार माध्यमलाई बधाई ज्ञापन गर्दै सरकारको नियोजित नियत प्रष्ट भै सकेको स्थितिमा निरन्तर सतर्कता र एकताका लागि अपील गर्दछ ।

यस्तै विज्ञप्तिमा अध्यादेश फिर्ता भएपनि यो प्रकरण संग गांसिएको अपहरणको शैलीमा समाजवादी पार्टीका एक सांसदलाई काठमाडौं ल्याइएको घटनाका दोषिलाई ‘बालुवाटारको जग्गा फिर्ता गर्दा माफी दिइएको’ शैलिमा झैं विवादास्पद ढंगले उन्मुक्ति दिन नमिल्ने बताएको छ । नेपाली कांग्रेस यो गम्भीर प्रश्नमा हस्तक्षेपमुक्त गहिरो अनुसन्धान र जो कोहिको संलग्नता रहेपनि ईमानदार कानूनी कार्वाहीकाे काङ्ग्रेसले विज्ञप्ति मार्फत माग गरेकाे छ ।