बागलुङबाट पास लियर गाउँ हिडेका मजदुर कास्की प्रशासनले राेकेपछि अलपत्र 

everest kitchen

कृष्ण गुप्ता 

बिरगंज । गत बिहीबार बागलुङकाे गलकाेटबाट छुटेको बिरगंज जादै गरेको बस बा३ ख ८३०३ र बा ४ ख ५७९० नम्बरका दुई वटाबसका मजदुरलाई कस्की जिल्ला प्रशासन रोकेपछि मजदुरहरु अलपत्र परेकाे बताएको छ ।

बाग्लुङ गल्काेट नगरपालिकाकाे सिफारिसमा घर जान हिडेका करिब १०० जना भन्दा बढि मजदुर कास्की प्रशासनले राेके नेपाल पिछडा बर्ग पर्साका अध्यक्ष अकलेश शाहले जानकारी दिए । शाहीले भने हामीले यहाँको प्रशासन संग पनि पहल थालेका छाैं । उनका अनुसार पर्सा, राैतहट तथा छिमेकी भारत लगायतका मजदुरहरु अलपत्र परेका हुन ।

यधपी जिल्ला प्रशासन कार्यालय कास्कीले राैतहट तथा पर्साका प्रशासनले छाेडन भनेर जिम्मा लिएमा आफुहरुले छाेडने बताएका छन ।

बागलुङ बाट २ वटा बसमा करिब ९० जना गरीब मजदुरहरु पास आफ्नो गाउँ फर्केका हुन । तर कास्की प्रशासनले रातभरि राेकेपछि छिसाे र खानाकाे समेत समस्या झेलेकाे पर्सा स्थित मजदुरका आफन्त मनेजर शाहले बताए ।