फेसबुकमा रांगाकाे मासुलाई जरायोकाे मासु भनेर फाेटाे पाेष्ट गर्दा प्रहरी फन्दामा

everest kitchen
Photo:Raaz

काठमाडौं । दाङका एक युवकले फेसबुकमा जरायोको सुकुटी पकाएको भन्दै आफ्नो फोटो राखेपछि प्रहरी फन्दामा परेका छन ।

दाङकाे गढवा गाउँपालिका-६ का राज पुन भनेर चिनिने शिवराज पुन पक्राउ परेका हुन । उनलेे सामाजिक सञ्जालमा लकडाउनकाे टाईम पास आजकाे नास्ता जरायोकाे सुकुटी भनेर फेसबुकमा हालेपछि उनी प्रहरी नियन्त्रणमा परेका हुन ।

गढवाका इन्सपेक्टर मोहनसिंह राठौरका अनुसार जरायोकाे मासु भनेर फेसबुकमा हालेकाे जानकारी अनुसार पुनलाई शुक्रबार बिहान नियन्त्रणमा लियर वन कार्यालयको जिम्मा लगाएकाे जरायोकाे थियाे । जरायोकाे नभई रांगाकाे खुलेपछि उनलाई वडाअध्यक्षकाे जिम्मा छाेडिएकाे छ ।

पुनले पनि जरायको नभई रांगा सुकुटि भएकाे र रमाईलाेकाे क्रममा अर्कैले फाेटाे खिचेर पाेष्ट गरेकाे बताएका थिए ।