मलेसियामा वेश्यावृत्तीकाे आराेपमा स्थानीयसहित विदेशी पक्राउ

everest kitchen
Photo:the star

क्वालालुम्पुर । आवागमन नियन्त्रण आदेश (एमसीओ) को बावजुद, वेश्यावृत्तिको आराेपमा तीन मलेसियालीहरू सहित २६ विदेशी नागरिक पक्राउ परेका छन ।

मलेसियाकाे राजधानी क्वालालम्पुरकाे पुडु स्थित एक हाेटेलबाट २५ देखि ४० बर्ष उमेर समुहका महिलासहित २६ जना विदेशीहरुलाई नियन्त्रणमा लिएकाे अध्यागमन विभागका महानिर्देशक दातुक खैरुल डिजाइम दौडले जानकारी दिए । विशेष सुचनाकाे आधारमा बिहिवार छापा मार्दा उनीहरु पक्राउ परेका हुन ।

तीन जना मलेसियानलेे सञ्चालन गरेकाे उक्त वेश्यालयाले काेराेना राेकथाम तथा नियन्त्रण गर्न मलेसिया सरकारले लागु गरेकाे आवागमन नियन्त्रण आदेश (एमसिओ) काे प्रवाह विना याैनधन्दा गरेकाे पाईएकाे मलेसियान सञ्चारमाध्यमले जनाएका छन् ।

मलेसियाकाे अध्यागमन विभाग, पुलिस र मलेशियन भ्रष्टाचार निरोधक आयोग (एमएसीसी) को सहकार्यमा छापा मारिएकाे अधिकारीहरुले बताए ।

मलेसियामा याैनधन्दालाई बैधानिक नदिएपनि मसाज सेन्टर र हाेटलकाे बहाना याैन व्यवसायहरु चलाईन्छ ।