अलपत्र नागरिककाे उद्धारका लागि मन्त्रीहरुकाे कार्यबिभाजन

everest kitchen
समाचारदैनि

सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेशका विभिन्न नाकामा अलपत्र परेका नागरिकहरुको उद्दार गर्न कार्यबिभाजन गरेको छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको निर्देशनमा प्रदेशका नाकामा अलपत्र परेका नागरिकको उद्दारका लागि कार्यविभाजन भएको प्रदेश सरकारका प्रवक्ता तथा  भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बिमला केसीले जानकारी जानकारी दिईन् । मुख्यमन्त्रीको निर्देशन अनुसार प्रदेशका नाकामा आएर अलपत्र परेका कर्णालीबासी नागरिकहरूलाई सम्बन्धित जिल्लाहरुमा पठाउने व्यवस्थाका लागि मन्त्रीहरुको कार्यविभाजन गरिएको उनले बताईन् ।

प्रदेश सरकारका मन्त्रीहरुको कार्यविभाजन अन्तरगत आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालालाई सल्यान र दैलेख, सामाजिक विकासमन्त्री दल रावललाई हुम्ला र मुगु, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बिमला केसीलाई कालिकोट र रुकुम, उद्योग पर्यटन वन तथा वाताबरण मन्त्री नन्दसिंह बुढालाई जाजरकोट र डोल्पा जिल्लाको तथा आन्तिरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीलाई जुम्ला र सुर्खेत जिल्लाको जिम्मेवारी तोकिएको हाे । समाचारदै