कुवेतमा आममाफी सम्बन्धि नेपाली दुतावासकाे गाईड लाईन

everest kitchen

कुवेत स्थित नेपाली दुतावासले निकालेकाे आममाफी सम्बन्धि जानकारी जस्ताको त्यस्तै :-

आममाफी सम्बन्धमा ।
**************************

कुवेत सरकारले आवासीय भिसा उल्लंघन गरेका (Residency violators) हरूलार्इ आममाफी दिने सम्बन्धमा निर्णय गरी यस्तो सुविधा उपयोग गर्न चाहनेहरूका लागि यही अप्रिल ०१ देखि अप्रिल ३०, २०२० सम्म तोकिएको स्थानमा आवेदन गर्न सक्ने सूचना जारी गरिसकेको र उक्त सूचना बमोजिम आगामी अप्रिल २६ देखि ३०, २०२० सम्म नेपाल लगायत अन्य देशका नागरिकहरूका लागि आवेदन भर्ने अवधि तोकेको सन्दर्भमा मिति २०२० फेब्रुअरी २९ सम्म भिसा समाप्त भएका इच्छुक नेपाली नागरिकहरूले उक्त मितिमा तोकिएको स्थान, समयमा आवश्यक प्रक्रिया पूरा गरी आवेदन दिन सक्ने भएकोले सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ ।

यो सुविधा उपयोग गर्न इच्छुक नेपालीहरूले आगामी अप्रिल २६ देखि ३०, २०२० (बिहान ९ बजे) निम्न लिखित केन्द्रहरूमा सम्पर्क राख्नेः

१) जिलिब हसविया क्षेत्रमा बस्नेहरूका लागि मात्र
————————————————————
(सामान/लगेज २० के.जी र ह्याण्डक्यारी ७ के.जी नबढ्ने गरी लिर्इ जाने)

पुरूष
——–
जिलिब अल-सुएख, नयिम बिन मसुद स्कूल- बोइज, ब्लक ४, स्ट्रिट २५०(Jleeb Al-Shuyoukh, Naeem Bin Masoud School- Boys, Block 4, Street 250)

महिला
———-
जिलिब अल- सुएख, रूफाइदा अल – अस्लामिया प्राइमरी- गर्ल्स, ब्लक ४, स्ट्रिट २००(Jleeb Al-Shuyoukh, Rufaida al-Aslamia Primary School- Girlss, Block 4, Street 200)

अन्य जानकारीहरूः
———————

क) म्याद बाँकि रहेको (valid) सक्कल नेपाली राहदानी भएकाहरूले आफ्नो व्यक्तिगत सामानहरू सहित थप निर्देशन नआउँदा सम्म तोकिएको सेल्टरमा बस्न तयार हुने गरी माथि उल्लिखित केन्द्रमा सिधै जानसक्ने ।

ख) सक्कल नेपाली राहदानी, नेपाली नागरिकताको प्रमाणपत्र, सिभिल आर्इ. डी. नभएका तर फोटोकपी भएकाहरूको हकमा उल्लिखित कागजातहरूको प्रतिलिपि तथा चार प्रति पासपोर्ट साइज फोटो लिर्इ ट्राभल डकुमेन्ट (Travel Document) का लागि सोहि स्थानमै आवेदन दिन सकिने ।

ग) कुनै कागज नभएकाहरूको हकमा फिंगर प्रिन्टको आधारमा कुवेती अध्यागमनले दिने फिंगर प्रिन्ट रिपोर्ट प्राप्त गरेर मात्र चार प्रति पासपोर्ट साइज फोटो सहित ट्राभल डकुमेन्ट (Travel Document) को लागि सोहि स्थानमै आवेदन दिन सकिने ।

################################################

२) जिलिब हसविया क्षेत्र बाहेकका अन्य सबै क्षेत्रमा बस्नेहरूका लागि
———————————————————————————
(राहदानी भएका सिधै र राहदानी नभएकाहरू नेपाली राजदूतावासबाट ट्राभल डकुमेन्ट प्राप्त गरी सकेपछि मात्र जानुपर्ने )

पुरूष
———-
फर्वानिया गभर्नरेट- अल – मुथान्ना प्राइमरी स्कूल- बोइज, बल्क १, स्ट्रिट १२२ (Farwaniya Governorate-Al-Muthanna Primary School- Boys, Block 1, Street 122)

महिला
———-
फर्वानिया गभर्नरेट-फर्वानिया प्राइमरी स्कूल- गर्ल्स, बल्क १, स्ट्रिट ७६ (Farwaniya Governorate-Farwaniya Primary School-Girls, Block 1, Street 76)

अन्य जानकारीहरूः
—————————-
क) म्याद बाँकि रहेको (valid) सक्कल नेपाली राहदानी भएकाहरूले आफ्नो व्यक्तिगत सामानहरू सहित थप निर्देशन नआउँदा सम्म तोकिएको सेल्टरमा बस्न तयार रहने गरी माथि उल्लिखित केन्द्रमा सिधै जानसक्ने ।

ख) नेपाली राहदानी, नेपाली नागरिकताको प्रमाणपत्र, सिभिल आर्इ. डी को फोटोकपी मात्र भएकाहरूले चार प्रति पासपोर्ट साइज फोटो सहित नेपाली राजदूतावासमा शनिवार, २०७७।०१।१३ (तदनुसार २५ अप्रिल २०२०) देखि २०७७।०१।१८ (तदनुसार ३० अप्रिल २०२०) दैनिक बिहान ९ देखि १ बजे भित्र सम्पर्क राखी ट्राभल डकुमेन्टका लागि आवेदन गर्न सकिने र तत्पश्चात माथि तोकिएका स्थानमा सम्पर्क राख्ने । (दूतावासमा आउँदा कुनै लगेज वा सामान लिर्इ नआउने)

ग) कुनै कागजात नभएकाहरूको हकमा फिंगर प्रिन्ट गरेर दजिज स्थित जेनेरल इभिडेन्स डिपार्टमेन्ट (General Evidence Department) बाट प्राप्त हुने कागजको प्रिन्टआउट रिपोर्ट लिएर मात्र चार प्रति पासपोर्ट साइज फोटो सहित राजदूतावासमा सम्पर्क राख्ने । (दूतावासमा आउँदा कुनै लगेज वा सामान लिर्इ नआउने)

COVID-19 संक्रमण फैलिन नदिन कुवेत सरकारले जारी गरेको सावधानी तथा सतर्कता सम्बन्धी निर्देशन एवं सूचनालार्इ ध्यानमा राख्दै राजदूतावासबाट एकै दिनमा धेरै जनालार्इ ट्राभल डकुमेन्ट सम्बन्धी सेवा प्रदान गर्न कठिन हुने देखिएकोले तपशिल बमोजिमको मिति तोकिएको छः
तपसिल
मिति क्षेत्र
शनिबार, २५ अप्रिल २०२० ——- फर्वानिया, खैतान, सुएख, रिगाइ तथा
कुवेत सिटिमा बस्ने नेपालीहरू

आइतबार, २६ अप्रिल २०२०——- फाहाहिल, मंगाफ, फिन्तास बस्ने
नेपालीहरू

सोमबार, २७ अप्रिल २०२०——– ओफ्रा, अवदलि, जाहरा, सालमिया,
हवाली

त्यस्तै, मंगलबार २८ अप्रिल २०२० देखि ३० अप्रिल २०२० सम्म बाँकी रहेका अन्य क्षेत्रमा बस्ने नेपालीहरूले उल्लिखित सेवाका लागि नेपाली राजदूतावासमा सम्पर्क राख्ने ।

(नोटः महाबुल्ला क्षेत्रमा बस्ने नेपालीहरूका लागि छुट्टै सूचना प्रकाशित गरिनेछ ।)

नेपाली राजदूतावास, कुवेत
२०७७।०१।१२ (तदनुसार २४ अप्रिल २०२०)