काेराेना: विश्वभरि धन्नै दुई लाखको मृत्यु , संक्रमितको सङ्ख्या २८लाखबढि

everest kitchen

ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या एक लाख ९७हजार ४०९पुगेकाे छ । विश्वभर संक्रमित मध्यबाट ५८ हजार बढि गम्भीर बिरामी रहेका छन ।

अहिलेसम्म विश्वभर २८लाख ३४ हजार बढीमा देखिएकाे संक्रमणमध्य ८ लाख ८हजार २३ जनाले स्वास्थ्य लाभ गरेकाे विश्व स्वास्थ्य संगठनले जनाएको छ । काेराेनाकै कारण सबैभन्दा बढि मृत्यु अमेरिकामा भएकाे छ । अमेरिकामा हालसम्म ५२ हजार २१७ जनाकाे मृत्यु भईसकेकाे छ । अमेरिकामा हालसम्म ९ लाख २५ हजार ७५८ जनामा संक्रमण देखिएकाेमा ७ लाख ६३ हजार ७०९ जनामा सक्रिय संक्रमण रहेकाे छ ।

यसअघि सम्म सबैभन्दा धेरै मृत्यु दर रहेकाे ईटली अमेरिका भन्दा पछाडि रहेकाे छ । ईटलीमा हालसम्म २५ हजार ९६९जनाले ज्यान गुमाएका छन । ईटलीमा १ लाख ९२ हजार बढिमा देखिएकाे संक्रमणमध्य अझै १ लाख ७ हजार बढिमा संक्रमण सक्रिय देखिएकाे छ ।

विश्वकै दाेस्राे संक्रमित रहेकाे सपेनमा २ लाख १९ हजार ७६४ मा काेराेना संक्रमित हुदा २२ हजार ५२४जनाले ज्यान गुमाएका छन । संक्रमणकाे सुरुवाती चपेटा झेलेकाे चीनमा हालसम्म ८२ हजार ८१६मा संक्रमण हुदा ८३८ जनामा मात्रै संक्रमण सक्रिय रहेकाे छ । चीनमा हालसम्म मर्नेको सङ्ख्या ४ हजार ६ सय ३२ रहेको छ ।

फ्रान्समा २२ हजार २४५ र युकेमा १९हजार ५०६ जनाले काेराेनाका कारण ज्यान गुमाएका छन ।

विश्वभरि फैलिएको काेराेनाकाे नेपालमा हालसम्म ४९ जनामा संक्रमण पुष्टि भएकाे छ । ती मध्ये १० जनाले स्वास्थ्य लाभ गरिसकेका छन ।