मलेसियामा काेराेनाकाे कारण शनिबार २ जनाकाे मृत्यु, मर्नेको सङ्ख्या ९८

everest kitchen


क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या ९८ पुगेकाे छ । आज शनिबार थप २ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या ९८ पुगेकाे हाे ।

हालसम्म मलेसियामा ५ हजार ७४२ जनामा संक्रमण देखिएकाेमा ३ हजार ७६२ जनाले स्वास्थ्य लाभ गरेका छन । ३६ जना गम्भीर बिरामी रहेका छन भने शुक्रबार थप ५१ जना संक्रमित थपिएकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो समयमा मलेसियामा केहि स्थिर सुधार रहेकाे तथ्यांकले जनाउछ ।

याे समाचार तयार पार्दासम्म विश्व महामारीको रुप लिएकाे काेराेनाकाे कारण विश्वभरि मर्नेकाे सङख्या १ लाख ९७ हजार ४२१ रहेकाे छ भने संक्रमितको सङ्ख्या २७ लाख ३४ हजार ६९७ जनामा संक्रमण रहेकाे छ । ८ लाख ८ हजार २४ जनाले स्वास्थ्य लाभ गरेका छन ।

नेपालमा अहिलेसम्म ४९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ भने १० जना संक्रमितले स्वास्थ्य लाभ गरेका छन ।