लकडाउन हाललाई खुकुलो नहुने , जेठ-२ सम्म हवाई उडान बन्द

everest kitchen

विपेन उलङगे
काठमाडौं । एक महिनादेखि जारी लकडाउनको अबको मोडालिटीबारे छलफल गर्न कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तीय समन्वय समितिको बैठकले लकडाउन तत्कालै खाेल्न नहुने निष्कर्ष निकालेकाे छ ।

शनिबार सिंहदरबारमा बसेकाे समिति बैठकले लकडाउनलाई खुकुलो बनाउन नहुने तर कहिलेसम्म कसरि निरन्तरता दिने भन्ने विषयमा भने आईतवारकाे मन्त्री परिषद बैठकले निर्णय गर्ने समितिका एक सदस्यले जानकारी दिए ।

यधपी समितिले जेठ-२ गतेसम्मकाे लागि आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने बारे भने सिफारिस गरेकाे छ ।

शुक्रबारको मन्त्रिपरिषद् बैठकमा लकडाउनको नयाँ मोडालिटीबारे छलफल गरी प्रस्ताव ल्याउन उच्चस्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेललाई निर्देशन दिएका थिए ।