आरडिटी टेस्टमा काेराेना पाेजेटिभ देखिएकी एक युवतीको मृत्यु

everest kitchen

वीरगन्ज । य्रापिड डाईग्नाेस्टिक टेस्ट (आरडीटी) पाेजेटिभ एक युवतीको मृत्यु भएकाे छ । वीरगन्जकी स्थायी बासिन्दा २३ बर्षीया युवतीको मृत्यु भएकाे हाे ।

वीरगन्ज -१० अशाेक बाटिका बस्ने २३ बर्षीया युवतीकाे आरडिटी पाेजेटिभ देखिएकाे र उनलाई आईसाेलेसनमा राख्ने तयारि गर्दागर्दै उनकाे मृत्यु भएकाे नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. मदन उपाध्यायले जानकारी दिए ।

उनकाे आरडीटी रिपोर्ट पोजेटिभ देखिएपछि थ्रोट स्वाबको नमूना संकलन गरी परीक्षणका लागि हेटौंडास्थित प्रादेशिक प्रयोगशालामा पठाइएको अस्पतालले बताएको छ ।

उनी ब्लड क्यान्सरकाे बिरामी रहेकाे थाहा हुन आएकाे बताएको छ।