मलेसियामा १४ हजारबाढि विदेशीमा काेराेना परिक्षण गर्दा ६७६ मा काेराेना पुष्टि

everest kitchen
Photo: tek tamata

क्वालालम्पुर । मलेसियामा १४ हजारबाढि विदेशीकाे काेराेना परिक्षण गर्दा ६७६ मा काेराेना पुष्टि भएकाे छ ।

मलेसियान स्वास्थ्य मन्त्रालयका महानिदेशक डा. नूर हिशम अब्दुल्लाका अनुसार १४ हजार १८७ विदेशीहरुकाे परिक्षण गर्दा ६७६ जनामा काेराेना पाेजेटिभ देखिएकाे छ । मलेसियाकाे श्री पेट्रेलिंग मस्जिद स्थित मलयन मन्सेन आवासीय अवस्थित विदेशीहरूमा ठुलो सङ्ख्यामा काेराेना संक्रमण देखिएपछि मलेसियन स्वास्थ्य मन्त्रालयका लागि चिन्ताको विषय भनेकाे डाक्टर नुरले बताए ।

मलेसियामा हालसम्म काेराेनाकाे कारण ९८ जनाकाे मृत्यु भएकाे छ ,भने हालसम्म५ हजार ७४२ जनामा संक्रमण देखिएकाेमा ३ हजार ७६२ जनाले स्वास्थ्य लाभ गरेका छन