शेष घलेकाे फाउन्डेसन द्धारा काेराेना काेषमा ३ कराेड सहयोग

everest kitchen


काठमाडौं । शेष घले तथा जमुना गुरुङको एमआईटी ग्रुप फाउण्डेसनले कोरोना उपचार तथा नियन्त्रण कोषमा ३ करोड रुपैयाँ सहयोग गरेको छ ।

फाउन्डेसनका प्रतिनिधिहरुले आइतबार प्रधानमन्त्री कार्यालयका सचिवलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् ।

चेक हस्तान्तरणपछि उक्त फाउन्डेसनका निर्देशक सुरेर चित्राकार द्धारा हस्ताक्षरित विज्ञप्तिमा लकडाउनकाे कारण शेष घले र उनकी पत्नी जमुना उपस्थिती हुन नसकेकाे उल्लेख गरिएकाे छ ।

साथै यसअघि पनि घलेकाे उक्त फाउन्डेसनले भुकम्प , बाढि, नाकाबन्दीमा पनि सहयोग गरेकाे थियाे ।