चीनकाे वुहान सरहर हाललाई काेराेना मुक्त

everest kitchen
लकडाउनपछि हुवा/फाेटाे:राेटयर्स

वुहान । चीनकाे वुहान सरहरका अस्पतालहरुमा काेराेना उपचाररत सबै बिरामी डिस्चार्ज भएका छन ।

चिनियाँ नेसनल हेल्थ कमिसन (एनएचसी) का प्रवक्ता मी फेङका अनुसार वुहानका अस्पतालमा भर्ना भएका सम्पूर्ण संक्रमित निको भएपछि घर पठाइएको हो। चीनको हुबेई प्रान्तको राजधानी वुहानबाट कोभिड–१९ को संक्रमण विश्वभर फैलिएको हो।

चीनमा हालसम्म काेराेनाकाे कारण मर्नेकाे सङ्ख्या ४ हजार ६३३ रहेकाे छ । हालसम्म ८२ हजार ८३० जनामा देखिएकाे संक्रमण अहिले जम्मा ७२३ जनामा मात्रै संक्रमण संक्रिय रहेको छ ।