काेराेना प्रकाेप: मलेसियामा साेमवार मर्नेकाे सङ्ख्या एक, नयाँ संक्रमित ४०जना

everest kitchen


क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या ९९ पुगेकाे छ । आज साेमवार थप १ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या ९९ पुगेकाे हाे ।

हालसम्म मलेसियामा ५ हजार ८२०जनामा संक्रमण देखिएकाेमा ३ हजार ९५७ जनाले स्वास्थ्य लाभ गरेका छन । ३७ जना गम्भीर बिरामी रहेका छन भने साेमवार थप ४० जना संक्रमित थपिएकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो समयमा मलेसियामा केहि स्थिर सुधार रहेकाे तथ्यांकले जनाउछ ।

याे समाचार तयार पार्दासम्म विश्व महामारीको रुप लिएकाे काेराेनाकाे कारण विश्वभरि मर्नेकाे सङख्या २ लाख ७ हजार ११८ रहेकाे छ भने संक्रमितको सङ्ख्या ३० लाख ४ हजार ११६ जनामा संक्रमण रहेकाे छ । ८ लाख ८२ हजार ७७० जनाले स्वास्थ्य लाभ गरेका छन ।

नेपालमा अहिलेसम्म ५२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ भने १६ जना संक्रमितले स्वास्थ्य लाभ गरेका छन ।