नारायणगढस्थित प्रभु बैंकमा आगलागी

everest kitchen

चितवन । चितवनको नारायणगढस्थित प्रभु बैंकमा आगलागी भएको छ । विद्युत चुहावट भई आगलागी भएको हाे।

स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र दमकलको सक्रियतामा आगो नियन्त्रणमा लिएकाे वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक रवीनबाबु रेग्मी बताए ।

बिहान ११ः २० बजे लागेको आगो ११ः४५ बजे नियन्त्रणमा लिइएको हो । क्षतिको विवरण आउन बाँकी रहेको रेग्मीले जानकारी दिए ।