भाटभटेनी सुपरमार्केटलाई ३ लाख जरिवाना

everest kitchen


काठमाडौं । भाटभटेनी सुपरमार्केटलाई ३ लाख जरिवाना गरिएकाे छ । काठमाडौंकाे टङगाल स्थित भाटभटनीले एमआरपी भन्दा बढि मुल्यमा सामान बिक्रीबितरण गरेकाे पाईएपछि उक्त सुपरमार्केटलाई जरिवाना गरिएकाे हाे ।

वाणिाज्य आपूर्ति तथा उपभोक्त संरक्षण बिभागका अनुसार बिभागकाे टाेलिले बजार अनुगमनका क्रममा बजार मुल्य भन्दा बढिमा सामान बिक्री गरेकाे पाईएपछि जरिवाना गरिएकाे हाे । विभागले भाटभटेनीलाई ३ लाख जरिवाना गरिएको जानकारी दिएको छ।

लकडाउनकाे समयमा हुनसक्ने कालाेवजारि नियन्त्रण गर्न बिभाग निरन्तर लागि रहेको कहि कतै त्यस्तो समस्या देखिए बिभागलाई जानकारी गराउन विभागकाे अनुराेध छ ।

यसअघि पनि बिभागले लकडाउनलाई अवसर मानेर दुईहजार रुपैयाँ किलाेमा खसिकाे मासु बेच्ने वानेश्वर स्थित एक मासु पसल लगायत विभित्र खाध्य र ग्यास स्टाेरलाई जरिवाना गराएकाे थियाे ।