युएईमा एक जना नेपालीको मृत्यु

everest kitchen

सार्जा । युएईमा एक जना नेपालीको मृत्यु भएकाे छ । वैदेशिक रोजगारीको लागि ९ वर्ष अघि युएई पुगेका ५३बर्षिया एक नेपालीको मृत्यु भएको हाे ।

माेरङकाे बेलबारी-३ स्थायी घर भएका दीपक पराजुलीको हृयघातका कारण  आइतबार बिहान उनकै कोठामा मृत्यु भएको हो। केही दिनअघि सामान्य ज्वरो आएर कोठामै औषधि लिईरहेका उनी एक्कासी कोठामा ढलेपछि नजिकैको एनएमसी रोयल अस्पताल लगिएको थियो। तर अस्पताल पुर्याए लगत्तै चिकित्कसले मृत्यु भएको पुष्टि गरेकाे उनका साथिहरुले जानकारी दिए ।

नाै वर्ष पहिले वैदशिक रोजगारीका लागि युएई आएका पराजुली ट्रान्सगार्ड सेक्युरिटी कम्पनी दुबईमा कार्यरत थिए। उनकाे घरमा श्रीमती र २ छोरा रहेका छन् भने २ छोरा पनि वैदेशिक रोजगारमा रहेकाे बुझिएको छ।