लकडाउनले नेपाल फर्कन नपाएपछि मलेसियामा एक युवाले आत्महत्या गरे

everest kitchen
file photo

ईश्वर राई
क्वालालम्पुर । लकडाउनको कारण नेपाल जान नपाउदा एक युवकले मलेसियामा आत्मा हत्या गरेका छन ।मलेसियाको आवाप सेभ गार्ड कम्पनीमा कार्यरत सप्तरीका इन्दल कुमार यादबले नेपाल जान नपाएपछि मङगलबार बिहान आत्मा हत्या गरेका हुन ।

यादब ३ महिना पहिले इम्प्रेरीयल इन्टरनेसनल म्यानपावर कम्पनी काठमाडौं बाट मलेसिया आएका थिए । उनी एक हप्ता काम गरे पश्चात नेपाल फर्कने भन्दै काम छोडेर मलेसियाकाे क्वालालम्पुर स्थित सेन्तुल होस्टेलमा बस्दै आएका थिए । कम्पनीले म्यानपावर कम्पनी संग कुरा गरेर नेपाल फर्काउने तयारी गरेको थियो । तर मलेसियामा एमसिओ र नेपालमा लकडाउन भएको कारण नेपाल जान नपाएकाे आवाप सेभ गार्ड मै कार्यरत उनका साथि सुरेश लोप्चनले जानकारी दिए ।

यादबले २ हप्ता पहिले पनि आत्मा हत्याको प्रयास गरेको तर हस्पिटल लगरे उपचार गरी बचाएकाे सुरेशले बताए । तर नाइट ड्युटीबाट आएका साथीहरु सुते पछि आज मङ्गलबार बिहान करिब ९:३० बजे तिर होस्टेल भित्र नै झिन्डिएर आत्माहत्या गरेको लोप्चनले जानकारी दिए ।

शव पोस्टमार्टमको लागि क्वालालम्पुर हस्पिटलमा लगेको छ । आत्माहत्यको कारण यहि भनेर भने खुल्न सकेको छैन । यधपी साथिहरुका अनुसार उनी नेपाल जान नपाएकोमा एकदमै चिन्तित थिए ।

विश्वभरि फैलिएकाे काेराेना महामारीको राेकथाम तथा नियन्त्रणकाे लागि अहिले मलेसियामा एमसिओ लागु गरिएकाे छ भने नेपालमा लकडाउन गरिएकाे छ । लकडाउनका बिच नेपाल फर्किने तयारीमा रहेका कयौं नेपालीहरु मलेसियामा अलपत्र परेका छन ।