मलेसियामा काेराेनाकाे कारण मर्नेको सङ्ख्या एक सय पुग्यो

everest kitchen


क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या १०० पुगेकाे छ । आज मङगलबार थप १ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या १००पुगेकाे हाे ।

हालसम्म मलेसियामा ५ हजार ८५१ जनामा संक्रमण देखिएकाेमा ४ हजार ३२ जनाले स्वास्थ्य लाभ गरेका छन । ३६ जना गम्भीर बिरामी रहेका छन भने मङगलवार थप ३१ जना संक्रमित थपिएकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो समयमा मलेसियामा केहि स्थिर सुधार रहेकाे तथ्यांकले जनाउछ ।

याे समाचार तयार पार्दासम्म विश्व महामारीको रुप लिएकाे काेराेनाकाे कारण विश्वभरि मर्नेकाे सङख्या २ लाख ११ हजार ७८० रहेकाे छ भने संक्रमितको सङ्ख्या ३० लाख ७५ हजार १०२ जनामा संक्रमण रहेकाे छ । ९ लाख २४ हजार ९७८ जनाले स्वास्थ्य लाभ गरेका छन ।

नेपालमा अहिलेसम्म ५४ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ भने १६ जना संक्रमितले स्वास्थ्य लाभ गरेका छन ।