काेराेना मारमा परेका ऋणी उद्योगीहरुलाई राष्ट्र बैंककाे राहत

everest kitchen


काठमाडौं । कोरोना प्रभावित क्षेत्रका ऋणीको ब्याजदरमा २ प्रतिशत छुट दिन नेपाल राष्ट्र बैंकले बै‌ंक तथा वित्तीय स‌ंस्थाहरुलाई निर्देशन दिएको छ ।

चैत मसान्तसम्मको कायम ब्याजदरमा वैशाख, जेठ र असारको ब्याजमा छुट दिन राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुलाई परिपत्र जारी गर्दै राष्ट्र बैंकले कोरोना प्रभावित क्षेत्रहरुका लागि ब्याजमा २ प्रतिशत छुट दिन निर्देशन दिएको हो ।

तर यो सहुलियत सबै ऋणीहरुले भने पाउने छैनन् । होटल, रेष्टुरेन्ट, ट्रेकिङलगायतका पर्यटन क्षेत्र, हवाई उड्डयन तथा सार्वजनिक यातायात क्षेत्र र निर्यात उद्योगहरुले यो सुविधा पाउने राष्ट्र बैंकले बताएको छ ।

यस अवधिमा तिर्नु पर्ने कर्जा असार मसान्तमा तिर्दा थप शुल्क वा हर्जना नलिन समेत राष्ट्र बैंकले निर्देशन दिएको छ ।