सांसद अपहरणको विषयलाई लियर सामाजिक दुरिकाे वेवास्ता गर्दै रांकेजुलुस

everest kitchen


जनकपुर । सासंद अपहरणको विषयलाई लियर महाेत्तरिमा रांकेजुलुस निकालिएको छ । केही दिनअघि पूर्व आइजीपी लगायतले जनता समाजवादी पार्टीका सांसद डाक्टर : सुरेन्द्र कुमार यादव अपहरण गरेको आरोप लगाउँदै पार्टि कार्यकर्ता द्धारा बिराेध गरिएकाे हाे ।

  मंगलबार साँझ डा. यादवको गृह जिल्ला महोत्तरीको सम्सी गाउँपालिकास्थित सम्सी बजारमा मसाल जुलुसहित नवगठित पार्टी कर्याकर्ताले सामाजिक दुरिकाे समेत वेवास्ता गर्दै  प्रदर्शन गरेका हुन् । प्रतिनिधिसभा सदस्य सहितकाे उपस्थितिमा ठुलाे सङ्ख्यामा मानिसहरु जुलुसमा जम्मा भएका थिए ।

पूर्व स्वास्थ्य राज्यमन्त्री समेत रहेका डा. यादव अपहरण काण्डमा प्रहरी तथा सरकारी वकिल कर्याालयमा समेत जाहेरी दर्ता नभएपछि त्यसको विरोधमा  पार्टी कार्यकर्ताहरुले महोत्तरीमा प्रदर्शन गरेका हुन् ।