बहराइनमा काराेना संक्रमित नेपालीको सङ्ख्या १२६ पुग्याे

everest kitchen


मनमा । बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या १२६ पुगेको छ। बहराइनको मनामास्थित नेपाली दुतावासका अनुसार मङबालबार एकैदिन ७७ जना संक्रमित नेपाली थपिएपछि संक्रमितकाे सङ्ख्या १२६ पुगेकाे दुतावासले पुष्टि गरेकाे हाे ।

‘एउटा सुपरमार्केट र ३ वटा अलग अलग कम्पनीमा काम गर्ने नेपालीलाई संक्रमण देखिएको हो’, बहराइनका लागि नेपाली राजदुतावासले जानकारी दिएकाे छ । दुतावासका अनुसार ,उनीहरुको स्वास्थ्य उपचार भइरहेको छ । यसअघि बहराइनमा ४९ जना नेपालीमा काेराेना संक्रमण भएकाे पुष्टि भएकाे थियाे ।

बहराइनमा हालसम्म २ हजार ८११ जनामा काेराेना संक्रमण देखिएकाे छ, “भने, १ हजार ३१० जनाले स्वास्थ्य लाभ गरेका छन । हालसम्म मर्नेकाे सङ्ख्या भने ८ रहेकाे छ ।

दूतावासका अनुसार बहराइन सरकारले त्यहाँ बसोबास गर्ने गैरकानुनी कामदारहरूलाई बैधानिक बन्न वा बहरिन छोड्न आग्रह गरेको छ। काेभिड-१९ काे महामारीलाई मध्यनजर गरेर अबैध आप्रवासीलाई २०२० डिसेम्बर सम्म माफि दिएकाे छ ।