काष्ठमण्डपकाे गल्तीको कारण भाट-भटेनीलाई ३ लाख जरिवाना : भाट-भटेनी

everest kitchen


काठमाडौं । टंगाल स्थित भाटभटेनी सुपरमार्केटलाई बढि मुल्यमा सामान बिक्रीबितरण गरेकाे पाईएपछि बैशाख २५ मा ३ लाख जरिवाना गरेकाे विषयमा स्पष्टीकरण दिएकाे छ । उक्त सुपरमार्केटले एक स्पष्टाेक्ति सार्वजनिक गर्दै स्पष्टीकरण दिएकाे हाे ।

सुपरमार्केटकाे स्पाेष्टाक्तिमा अनुसार ,”लकडाउनको अवस्थामा बारकोडको स्टिकर टाँस्ने जिम्मा सामान आपूर्तिकर्ता काष्ठमाण्डप खाद्य उद्योगलाई नै दिएका थियाे । र उक्त उद्योगले पनि लकडाउनकै कारण सीमित तथा बारकोडको विषयमा गहिरो जानकारी नभएका कर्मचारीबाट काम गराउँदा २५० र ५०० ग्रामको ५० वटा लाखमरी प्याकेटमा एउटै मूल्यको बारकोड स्टिकर टाँसिन गएको काष्ठमण्डप खाध्यले आफुहरुलाई जानकारी दिएकाे भाटभेटेनी बताएको छ । सोही बारकोड काउण्टरकाे बारकोड रिडरले पहिचान गर्दा कम्प्युटर प्रणालीमा बढी मूल्य देखिन गई विभागले जरिवाना गरेको उसले उल्लेख गरेकाे छ ।

साथै भाटभेटेनीले भनेकाे छ ,”प्राविधिक र कानुनी रुपमा गल्ती स्वीकार गर्दै भाटभटेनीले उपभोक्ता ठग्ने अथवा गलत बाटोबाट पैसा कमाउने नियतले नभएको दावी गरेको छ ।

त्यस्तै काष्ठमण्डप खाध्य उघाेगले पनि बैशाख १६ मा एक विज्ञप्ति जारि गर्दै आफ्नो कारण भाट-भटेनी कारबाहीमा परेकाे स्वीकार गरेकाे छ ।

भाट-भटेनीकाे स्पष्टाेक्ति

काष्ठमण्डपकाे स्पष्टाेक्ति