माधब नेपाल अध्यक्ष बामदेब गाैतम प्रधानमन्त्री बनाउने ओली प्रस्ताव

everest kitchen


काठमाडौं । बुधबार सांझ बालुवाटारमा बसेकाे नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका छन् ।

उक्त  सचिवालय बैठकमा प्रधानमन्त्रीको राजीनामाको कुरा समेत  उठेपछि कोरोना संक्रमण सकिएपछि आफूले राजीनामा दिने र उपाध्यक्ष गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका हुन् । चुनाव हारेका गाैतम अहिले सांसद छैनन । ओलीका अनुसार कुनै ठाउँबाट चुनाव लडाएर वा संविधान संशोधन गरी राष्ट्रिय सभामार्फत भएपनि  पनि गौतमलाई प्रधानमन्त्री बनाउन सकिने प्रस्ताव ओलीले राखेकाे स्राेतले बतायो ।

त्यस्तै प्रधानमन्त्री ओलीले तीन अध्यक्ष राख्ने प्रस्ताव गर्दै माधब नेपाललाइ तेस्राे अध्यक्ष बनाउने पनि प्रस्ताव गरेका छन । यधपी याे प्रस्ताव बारे आगामी २० गतेकाे बैठकपछि स्पष्ट हुने नेताहरूले बताएका छन ।

प्रधानमन्त्रीकाे प्रस्ताव प्रति सकारात्मक देखिएका नेता माधब नेपाल र बामदेव गाैतम ढुक्क भने छैनन । यस बिषयमा भने अर्का अध्यक्ष प्रचण्ड र नेता झलनाथले भने सत्ता लमब्याउने दाउकाे रुपमा बुझेको बताईन्छ ।