प्रधानमन्त्री ओली निकट पत्रकार दिपक पाठक प्रचण्डलाई गालि गलाैज आराेपमा पक्राउ

everest kitchen


काठमाडौंमा । रेडियो नेपालका बाेर्ड सदस्य तथा पत्रकार दिपक पाठक पक्राउ परेका छन । उनलाई बिहिबार साईबर ब्युराेले भक्तपुरबाट पक्राउ गरेकाे हाे ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष  एंवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सामाजिक सञ्जाल फेसबुकमार्फत् गालीगलौज गरेको आरोपमा रेडियो नेपालका बोर्ड सदस्य दीपक पाठक पक्राउ परेका हुन ।
उनलाई बिहीबार बिहान जडिबुटीबाट उनलाई पक्राउ साइबर ब्युरोका एसएसपी नविन्द अर्यालले जानकारी दिए।

प्रधानमन्त्री ओलीका प्रिय पात्रका रुपमा चिनिएका पाठकलाई प्रधानमन्त्री ओलीकाे निर्देशनमा बाेर्ड सदस्य न्युक्ति गरिएकाे थियाे । उनी प्रधानमन्त्रीकाे हरेक काम सकारात्मक स्टाटसहरु फेसबुकमा राख्ने गर्छन ।

उजुरीपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पाठकलाई यो विषयमा स्पष्टीकरण समेत सोधेको थियो ।