सुरेन्द्र यादवकाे मानवअधिकार आयाेगमा उजुरी

everest kitchen
file photo

काठमाडौं । जनता समाजवादी पार्टीका सांसद डाक्टर सुरेन्द्र यादव अपहरण सम्बन्धि उजुरी प्रहरी र सरकारि वकिल कार्यालयले नलिएपछि राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी परेको छ ।

जनता समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवले बिहीबार मानवअधिकार आयाेगमा उजुरी दिएका हुन । उनले सत्तारूढ नेकपाका सांसद महेश बस्नेत र किसन श्रेष्ठ अनि पूर्वआइजिपी सर्वेन्द्र खनालविरूद्ध आयोगमा निवेदन दिएका हुन् ।

आफूलाई महोत्तरीबाट अपहरण गरी काठमाडौं ल्याएको भन्दै उनले उजुरी दिएकाे बताएको छ ।