त्रिवेणीमा गाउँपालिकामा बम बिस्फोट हुदा चार बालबालिकाकाे मृत्यु

everest kitchen
File bam

राेल्पा । राेल्पामा बम बिस्फाेट हुदा चार बालबालिकाकाे मृत्यु भएकाे छ । जिल्लाकाे त्रिवेणी गाउँपालिका-७ स्थित गैरिगाउँमा बाख्रा चराएर घर फर्किदै गरेका बालबालिका बम  बिस्फोटमा परेका हुन ।

रोल्पाको त्रिवेणी गाउँपालिकाे गैरीगाउँमा बस्ती नजिकको वनमा बिहीबार साँझ भएको विस्फोटमा घटनास्थलमै चार जनाकाे  मृत्यु भएकाे हाे । मृत्यु हुनेमा ५ वर्षका विजय खत्री, ११ वर्षकी विमला केसी, १३ वर्षका नोखीराम डाँगी र १४ वर्षका गौरव नेपाली रहेको प्रहरीले जनाएको छ ।

यधपी तत्कालीन सशस्त्र द्वन्द्वका बेला माओवादी वा सुरक्षाकर्मीले छाडेको बम बालबालिकाले भेट्टाएर खेलाउँदा विस्फोट भएको हुन सक्ने प्रहरीको अनुमान छ । एउटा ग्रिनेड बम पड्केको पाइएको छ भने टु इन्च मोर्टारको गोली पनि घटनास्थलमै पाइएको छ । सशस्त्र द्वन्द्वको अवधिमा उक्त स्थानमा माओवादी लडाकु र सुरक्षाकर्मीबीच दोहोरो भिडन्त भएको थियो ।