काेराेना प्रकाेप: मलेसियामा शनिबार मर्नेकाे सङ्ख्या शुन्य

everest kitchen

क्वालालम्पुर । मलेसियामा काेराेनाकाे सुधार उन्मुख देखिन्छ । आज शनिबार एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या १०५ जना रहेकाे छ । यधपी गत दुई दिनकाे तुलनामा संक्रमित थपिएका हुन ।

मलेसियामा हालसम्म काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या १०३ रहेकाे छ । हालसम्म ६ हजार १७६ जनामा संक्रमण रहेकाेमा ४ हजार ३२६ जनाले स्वास्थ्य लाभ गरेका छन भने, “३१ जना गम्भीर बिरामी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

याे समाचार तयार पार्दासम्म विश्व महामारीको रुप लिएकाे काेराेनाकाे कारण विश्वभरि मर्नेकाे सङख्या २ लाख ३९ हजार ६५८ रहेकाे छ भने संक्रमितको सङ्ख्या ३४ लाख ३ हजार ५४६ जनामा संक्रमण रहेकाे छ । १० लाख ८४ हजार ७३२ जनाले स्वास्थ्य लाभ गरेका छन