नेकपा सचिवालय बैठक सुरु संगै बाहिरिएकाे तस्बिरकाे चर्चा

everest kitchen
आजकाे नेकपा बैठककाे फाेटा,। फाेटाे: फेसबुक

विपेन उलङगे
काठमाडौ । सत्तारुढ नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरू भएसंगै बिभिन्न टिप्पणीहरु सुरु भएका छन । कारण  हाे :अघिल्लो बैठकभन्दा यो बैठकमा अध्यक्ष पुष्पकमल दाहालको सिट बदलिएको  । अहिले प्रधानमन्त्री केपी शर्मा ओलीसँगै दाहालको बस्ने कुर्सी राखिएको छ ।

यसअघिकाे बैठक फाेटाे

अघिल्ला दुई बैठकमा अध्यक्ष दाहाल सचिवलायका अन्य सदस्यतर्फहरु संग बसेका हुन्थे भने यसपटक दुई अध्यक्षकाे कुर्सि संगै देखिएपछि सामाजिक सञ्जालमा बिभिन्न टिकाटिप्पणीहरु भएका छन । कतिले कुर्सि भेटियाे भनेर लेखेका छन भने कतिले दुई अध्यक्षकाे सम्मान हैसियत भनेर लेखेका छन । ढिलाे गरि सुरु भएकाे उक्त बैठकले बिभिनन निर्णय गर्ने बुझिएकाे छ ।


अध्यादेश प्रकरणपछिकाे नेकपा भित्रकाे विवाद सामाधानकाे लागि बैठकले निर्णय लिने बताएको छ ।

यसअघि गत बुधबार बसेकाे सचिवालय बैठकले बैशाख -२० गते शनिबारकाे मिति तय गरेकाे थियाे । बुधबारको बैठकमा  प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष बामदेव गौतमलाई भाबी प्रधानमन्त्रीको रुपमा अघि सारेका थिए , भने वरिष्ठ नेता माधव कुमार नेपाललाई नेकपाको तेस्रो अध्यक्षमा प्रस्ताव गरेका थिए ।