सहयोगी नेपालको ६ सय मजुदर परिवारलाई राहत

everest kitchen


किरण बजागाई
ललितपुर । ललितपुरको भैसेपाटी स्थित दैनिक ज्यालादारी गरेर जीवनयापन गरिरहेका ६ सय परिवारले राहत पाएका छन । उनीहरूलाई सहयोगी नेपाल नामक संस्थाले खाध्यान्न सहयोग गरेकाे हाे ।

ललितपुर महानगरपालिका वडा नं. १८ भैसेपाटी आसपासमा बसाेबास गर्ने ६ सय परिवारलाई समेटेर शनिबार सहयोगी नेपाल गैरसरकारी संस्थाले राहत वितरण गरेको वडा सदस्य  रुकु महर्जनले बताईन । यस्ताे कोरोना महामारीलार्ई विश्वले सामना गरिरहेकाे अवस्थामा नेपालमा पनि लकडाउन गर्नु परेकाले दैनिक ज्यालादारी मजदुरहरुलाई खाध्यान्न अभाव हुने, समस्यालाई ध्यानमा राखेर सहयोगी नेपाल नामक संस्थाले स्थानीय सरकारसंग सहकार्य गरेर काम गरेकाेमा सहयोगी नेपाललाई सदस्य  महर्जनले धन्यवाद दिएकी थिईन । यस्तो बेला सबैकाे सहकार्यमा काम गर्दा राम्रो हुने महर्जनको भनाइ थियाे ।

सहयोगी नेपालका अध्यक्ष इश्वरी ढकालका अनुसार यसअघि पनि भैसेपार्टी आसपासमा दैनिक ज्यालादारी काम गर्ने मजदुर र इट्टा भट्टामा काम गर्ने मजदुरहरुलाई खाध्यान्न उपलब्ध गराएको र उनीहरुकाे समस्यालाई मध्यनजर गरेर फेरि पनि लकडाउन थपिए सहयोगकाे वातावरण निर्माण गरेर सहयोग गर्ने बताए । करिब डेढ महिना लामाे लगडाउनले काम नगर्न नपाएसंगै धेरैको चुलो बल्ने स्तिथी नभएकाे र केहिले सरकारी राहत पनि उक्त राहत पर्याप्त हुन नसकेको अवस्थामा हामीले गरेकाे सहयोगले केहि हदसम्ममा सहयोग पुग्ने आशा गरेकाे अध्यक्ष ढकालले बताए ।


यस्तै सहयोगी नेपालका कोषाध्यक्ष गोपाल प्रसाद ओझाका अनुसार सहयोगी नेपाल संस्था र २०७५ सालमा स्थापना भएकाे र यसले महिला, बालबालिका र जेष्ठ नागरिकहरुको क्षेत्रमा काम गदैं आएको जानकारी दिए । संस्था स्थापना भएकाे छाेटाे समयमै धेरै कामहरु गर्न सफल रहेकाे ओझाले बताए ।