काेराेना प्रकाेप : विश्वभरि ३४ लाख ८४ हजार बढि संक्रमित

everest kitchen

ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या २ लाख ४४ हजार ७८७ पुगेकाे छ । विश्वभर संक्रमित मध्यबाट ५० हजार बढि गम्भीर बिरामी रहेका छन ।

अहिलेसम्म विश्वभर ३४ लाख ८४ हजार ५६७ बढीमा देखिएकाे संक्रमणमध्य ११ लाख २१ हजार ६१२ जनाले स्वास्थ्य लाभ गरेकाे विश्व स्वास्थ्य संगठनले जनाएको छ । काेराेनाकै कारण सबैभन्दा बढि मृत्यु अमेरिकामा भएकाे छ । अमेरिकामा हालसम्म ६७ हजार ४४४ जनाकाे मृत्यु भईसकेकाे छ । अमेरिकामा हालसम्म ११ लाख ६० हजार ७७४जनामा संक्रमण देखिएकाेमा ९ लाख १९ हजार ६०५ जनामा सक्रिय संक्रमण रहेकाे छ ।

त्यस्तै ईटलीमा हालसम्म २८ हजार ७१० जनाले ज्यान गुमाएका छन, भने २ लाख ९ हजार बढिमा देखिएकाे संक्रमणमध्य अझै १ लाख बढिमा संक्रमण सक्रिय देखिएकाे छ ।

विश्वकै दाेस्राे संक्रमित रहेकाे सपेनमा २ लाख ४५ हजार ५६७ मा काेराेना संक्रमित हुदा २५ हजार १००जनाले ज्यान गुमाएका छन ।

अमेरिका, ईटाली पछि धेरै मर्नेकाे सङ्ख्यामा संयुक्त राज्य युके तेस्रो स्थानमा रहेकाे छ । युकेमा हालसम्म २८ हजार १३१ जनाले ज्यान गुमाएका छन । युकेमा १ लाख ८२ हजारबढिमा संक्रमण मध्ये १ लाख ५३ हजार बढिमा संक्रमण सक्रिय रहेकाे छ ।

फ्रान्समा २४ हजार ७६० ले जनाले ज्यान गुमाउदा , १ लाख ६८ हजार बढिमा संक्रमण देखिएकाे छ । फ्रान्समा अझै ९३ हजारमा काेराेना संक्रमण सक्रिय रहेकाे देखिन्छ ।

सुरुवाती चपेटा झेलेकाे चीनमा हालसम्म मर्नेको सङ्ख्या ४ हजार ६ सय ३३ रहेको छ भने ५३१ जना उपचाररत छन ।

विश्वभरि फैलिएको काेराेनाकाे नेपालमा हालसम्म ५९ जनामा संक्रमण पुष्टि भएकाे छ । ती मध्ये १६ जनाले स्वास्थ्य लाभ गरिसकेका छन ।