नेपालगन्जमा फेरि भेटिए ६ संक्रमित , जम्मा संक्रमितकाे सङ्ख्या ७५ पुग्याे

everest kitchen

काठमाडौ । नेपालगन्जमा फेरि भेटिए ६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । भेरि अस्पताल नेपालगन्जकाे प्रयाेगशालामा गरिएकाे परिक्षणमा थप ६ जनाकाे काेराेना पुष्टि भएकाे हाे ।

नेपालगन्ज -०८ निवासी १६, २१, ३४ पुरुषहरु र ४०,५५, ६० बर्षिया महिलाहरुमा संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ । यसअघि आजै नेपालगन्जमा ९ जनामा संक्रमण पुष्टि भएकाे थियाे ।

याे संगै नेपालमा जम्मा संक्रमितकाे सङ्ख्या ७५ पुगेकाे छ भने १६ जनाले स्वास्थ्य लाभ गरेका छन ।