दिवेश पाेखरेल अमेरिकन आईडलकाे उत्कृष्ट १० मा

everest kitchen


काठमाडौ । दिवेश पाेखरेल अमेरिकन आइडलको उत्कृष्ट १० मा पुगेका छन । उनी उत्कृष्ट २० बाट विभिन्न माध्यमबाट भाेट प्राप्त गरि टप १० मा पुगेका हुन ।

दिवेशले सामाजिक सञ्जाल फेसबुकबाट आफु टप १० मा पुगेकाे जानकारी दिएका हुन ।”आर्थुर गन” काे रुपमा प्रतिस्पर्धा गरि रहेका दिवेश लगायतका प्रतिस्पर्धीले काेराेनाकाे कारण घर बाटै प्रस्तुति दिएका थिए ।

दिवेशलाई एसएमए, एविसीकाे एप डाउनलोड गरेर वा एविसीकाे वेभसाइटबाट नेपाली समुदाय लगायतले भाेट गरेकाे बताईन्छ । भाेट गर्ने सम्पूर्णलाई उनलेे धन्यवाद दिएका छन ।

काठमाडौंका दिवेश अमेरिकन आइडलको उत्कृष्ट २० सम्म पुग्ने पहिलो नेपाली हुन्। उनी कन्सास राज्यको विचिटामा बस्छन्।