मलेसियामा आज देखि एमसिओ खुकुलो

everest kitchen


क्वालालम्पुर । मलेसियामा आज देखि आवागमन खुकुलो पारिने भएकाे छ । मलेसियन सरकारकाे निर्णय अनुसार मे-४ देखि मलेसियामा केहि क्षेत्रमा आवागमन नियन्त्रण आदेश (एमसिओ) खुकुलो पार्ने निर्णय भएसंगै आज साेमबार देखि बजारहरु खुल्न थालेका हुन ।

काेराेना राेकथाम तथा नियन्त्रण गर्न लागु गरिएको एमसिओ खुकुलो भएसंगै मलेसियामा मे-४ साेमबार देखि देखिरेमिट्यान्स , बैंक, पेट्रोल स्टेशन , रेष्टुरेन्ट , अत्यावश्यक बजार ,निर्माण क्षेत्र , कार्गाे, कारखाना, एर्पाेट लगायत केहि क्षेत्रमा एमसिओ खुकुलो पारिएकाे छ ।

यस्तै स्कुल ,कलेज, सिनेमा हल, मस्जिद , मदरसा , मन्दिर, पार्टी प्यालेस, सैलुन, रात्रीकालिन बजार तथा सामाजिक जमघटका कार्यक्रमहरु बन्द गरेकाे छ ।

लकडाउन खुकुलो भएसंगै सुरक्षा अवस्था अपनाई नेपाली लगायतका श्रमिकले पनि काममा जानुपर्ने छ ।

यधपी केहि जटिल , जाेखिम अवस्थाका स्थानहरु मलेसिया सरकारले एमसिओ लागु गर्न सक्नेछ ।